बच्चाहरुले मुख्य भूमि चीनकै कार्यक्रम अनुरुप दादुराको पहिलो खोप 8 महिना पुग्दा लिनुपर्दछ, र त्यस पछि अर्को खोप 18 महिना पुग्दा लिनु पर्दछ ।
- दादुरा विरुद्ध प्रतिरोधक क्षमता@ नभएका सबै विदेशी घरेलु सहयोगीहरुले दादुरा, हाँडे र रुबेला ((एमएमआर)(MMR)) खोप सकेसम्म हंगकंग आउनु अघि नै लगाउनु राम्रो हुन्छ । यदि त्यस्तो सम्भव नभएमा, उनीहरुले हंगकंगमा आए पछि डाक्टरलाई सम्पर्क गर्न सक्छन् । रोजगारदाता एजेन्सीहरुले रोजगारी-पूर्वको मेडिकल चेक-अप प्याकेजमा दादुरा विरुद्धको प्रतिरोधक क्षमता र एमएमआर (MMR) खोपको स्थिति जाँच्ने कुरालाई एक अतिरिक्त कार्यको रुपमा राख्न सक्दछन् ।
- गर्भवती महिलाहरु र गर्भधारण गर्न तयार भएका महिलाहरुले आफू दादुरा विरुद्ध प्रतिरोधक भएको पक्का हन नसकेमा आफ्नो डाक्टरसँग सल्लाह लिन सक्ने छन् । गर्भवती भएको समयमा दादुराको जीवाणु भएको खोप दिन नमिल्ने हुँदा, उनीहरुमा दादुरा विरुद्धको प्रतिरोधक क्षमता नभएमा दादुराको प्रकोप भएको र घटना धेरै भएको ठाउँहरु तर्फ यात्रा नगर्न सल्लाह दिइन्छ ।
- साधारणतया, निम्न प्रकृतिका व्यक्तिहरुले एमएमआर (MMR) खोप* लिनु हुँदैनः
- विगतमा एमएमआर (MMR) खोप लिँदा वा खोपको कुनै पनि तत्व (जस्तै जेलाटिन (gelatin) वा नियोमाइसिन (neomycin))ले गर्दा गम्भीर एलर्जी प्रतिक्रिया भएको
- रोगहरु वा उपचार (उदाहरणको लागि, हालै क्यान्सरको उपचारको लागि जस्तै केमोथेरापी र रेडियाथेरापी गरेको, प्रतिरक्षादमन औषधीहरु लिइरहेको जस्तै उच्च डोजको कोर्टिस्कोस्टोरोइड (corticosteroid), इत्यादि) बाट गम्भीर प्रतिरक्षादमन भएका व्यक्तिहरु
- गर्भवती#
@साधारणतया, व्यक्तिहरुलाई दादुरा विरुद्ध गैर-प्रतिरोधक मानिन्छ, यदि (i) उनीहरुलाई प्रयोगशालाको परीक्षणबाट पहिले कहिल्यै पनि दादुराको सङ्क्रमण नभएको निश्चित भएको छ भने, र (ii) उनीहरुले पूर्ण रुपमा दादुरा विरुद्धको खोप लगाएका छैनन् भने वा उनीहरुको खोपको स्थिति स्पष्ट रहेको छैन भने ।
^ मेडिकल सल्लाह सधैँ खोजी राख्नुपर्छ ।
*विश्व स्वास्थ्य सङ्गठन (World Health Organization) र यूनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (United States Centers for Disease Control and Prevention)को जानकारी अनुसार, एमएमआर (MMR) खोपको कारणले हुने एनफलाइटिक् प्रतिक्रिया एग एन्टिजेन्स (egg antigens) सँग हुने अतिसंवेदनशीलतासँग सम्बन्धित नभएर खोपको अन्य तत्वहरु (जस्तै जेलाटिन) सँग सम्बन्धित हुन्छ । एग-एलर्जीक (अण्डा देखि हुने एलर्जी) व्यक्तिहरुमा यी खोपहरु लगाई सकेपछि गम्भीर एलर्जी प्रतिक्रियाको जोखिम धेरै नै कम हुन्छ । त्यसैले, एनफलाइटिक एग एलर्जी नभएका व्यक्तिहरुलाई एमएमआर (MMR) खोप सुरक्षित रुपमा लगाउन सकिन्छ । अण्डा प्रति एलर्जीको गम्भीर प्रतिक्रिया (जस्तै तीव्रग्राहिता (anaphylaxis)) भएकाहरुले उपयुक्त हुने गरि खोप लगाउनको लागि स्वास्थ्यसेवा विशेषज्ञबाट परामर्श लिनुपर्छ ।
# साधारणतया, महिलाहरुले एमएमआर (MMR) खोप लगाएको तीन महिना सम्म गर्भवती हुनबाट जोगिनु पर्दछ र उचित गर्भनिरोध उपाय अपनाउनु पर्छ ।
9 जुलाई 2019
9 July 2019