(Measles - Nepali version)
दादुरा
कारक तत्व
यसको कारक एक मिजल्स भाइरस (Measles Virus) नामक भाइरस हो ।
क्लिनिकल लक्षणहरु
दादुरा खोप आउनु अघि दादुरा प्रायः बाल्यकालमा धेरै फैलिने एक सङ्क्रमण थियो । असर परेका व्यक्तिहरुलाई सुरुमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने र मुख भित्र सेतो दाग देखिनेछ । त्यस पश्चात् 3 देखि 7 दिनहरुमा छालामा रातो दाग भएको डाबर आउँछन्, जुन प्रायः मुखबाट शरीरको अन्य भागहरुमा फैलिने गर्दछ । यो डाबर प्रायः 4 देखि 7 दिन सम्म रहन्छ, तर कहिलेकाहीं 3 हप्तासम्म पनि रहिरहन सक्छ जसले शरीरमा खैरो दागहरु ल्याउन सक्छ र कहिलेकाहीं छाला उक्काउन पनि सक्छ । असाध्यै गम्भीर अवस्थाहरुमा, फोक्सो, पेष र मस्तिष्कमा पनि यसको असर पुग्न सक्छ र यसले गम्भीर परिणामहरु देखि मृत्यु सम्म निम्त्याउन सक्छ ।
गर्भवती हुँदा दादुरा भएमा प्रतिकूल गर्भधारण परिणामहरु आउन सक्छन्, जसमा गर्भ खेर जाने, अपरिपक्व जन्म हुने र जन्मँदा न्यून शारीरिक तौल पर्दछन्, तर यसबाट कुनै किसिमको जन्मजात दोषहरु आउने सम्भावना बढ्ने भन्ने कुरालाई समर्थन गर्ने कुनै प्रमाण फेला परेको छैन । त्यस बाहेक आमालाई प्रसव (डेलिभरी) को समयमा दादुरा लागेर भर्खरै जन्मेको शिशुहरुलाई पनि सङ्क्रमण भएमा उनीहरु भविष्यमा सबएक्युट स्क्लेरोसिङ पेनेन्सेफलाइटिस (subacute sclerosing panencephalitis (केन्द्रिय स्नायु प्रणालीको एउटा एकदमै दुर्लभ तर घातक रोग हो) हुने जोखिम बढ्दछ ।
सर्ने माध्यम
सङ्क्रमण भएका व्यक्तिहरुको सिँगान र खकारहरु थोपाहरु बनेर हावाको माध्यमले वा सिधा सम्पर्कले फैलिएमा, वा कहिलेकाहीं सिँगान र खकारहरु रहेका वस्तुहरुबाट पनि यो सर्न सक्छ । दादुरा सबैभन्दा बढी फैलिने सर्ने सङ्क्रामक रोगहरु मध्य एक हो । डाबर देखा पर्नु 4 दिन अघि देखि 4 दिन पछि सम्म एक रोगीले यो रोगलाई अरु व्यक्तिहरुमा सार्न सक्दछ ।
उष्मायन (Incubation) अवधि
यो प्रायः 7-18 दिनको बीच हुन सक्दछ, तर 21 दिन सम्म पनि जान सक्छ ।
व्यवस्थापन
सङ्क्रमित व्यक्तिहरु रोग-प्रतिरोधक क्षमता कम भएका व्यक्तिहरु, गर्भवती महिलाहरु र शिशुहरुसँगको सम्पर्कबाट टाढा बस्नु पर्दछ । यसको कुनै विशेष उपचार नभए पनि, लक्षणहरु कम गर्न औषधिहरुको सिफारिस हुन सक्छ र जीवाणुहरुको जटिलताहरुको उपचार गर्नलाई एन्टिबायोटिकहरुको प्रयोग गर्न सकिन्छ ।