Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Measles - Nepali version
Close
Measles - Nepali version

रोकथाम

  1. उचित व्यक्तिगत सरसफाइ कायम गर्ने
  • हातको सरसफाइ नियमित रुपमा गर्ने, विशेष रुपमा हेन्डरेल वा ढोकाको हेन्डल जस्ता सार्वजानिक स्थापनाहरु छुँदा वा खोक्दा वा हाच्छिउँ गर्दा हातमा सिँगान वा खकारबाट सङ्क्रमण हुने स्थिति भएमा मुख, नाक वा आँखाहरु हातले छुनु अघि अवश्य सफा गर्ने । लिक्विड सोप र पानीले कम्तिमा 20 सेकेन्डसम्म हात मिचेर धुने, र त्यसपछि पानीले पखालेर डिस्पोजेबल पेपर टावेल वा ह्यान्ड ड्रायरले हात सुकाउने । यदि हात धुने सुविधाहरु नभएमा, वा हात देखिने गरी फोहोर नभएमा 70 देखि 80% एल्कोहोल-आधारित ह्यान्डरबलाई एक उचित विकल्पको रुपमा सफा गर्न प्रयोग गर्नुहोस् ।
  • तपाईंको मुख र नाक हाँच्छिउँ गर्दा वा खोक्दा टिस्यु पेपरले छोप्नुहोस् । छोप्न मिल्ने बिन भित्र फोहोर टिस्युहरुलाई फ्याक्नुहोस्, र त्यसपछि राम्ररी हातहरु धुनुहोस् ।
  • ज्वरो, डाबर वा श्वासप्रश्वास सम्बन्धित लक्षणहरु हुँदा एक सर्जिकल मास्क लगाउनुहोस्, काम वा स्कुलमा नजानुहोस्, भीडभाड भएको ठाउँहरुबाट टाढा रहनुहोस् र तुरुन्तै मेडिकल सल्लाह लिनुहोस् ।
  • दादुरा लागेका व्यक्तिहरु घर भित्रै बस्नु पर्दछ; रोग प्रतिरोधक क्षमता न्यून वा कमजोर भएका व्यक्तिहरुलाई सङ्क्रमण सर्नबाट जोगाउन स्कुल/किन्डरगार्टेनहरु/किन्डरगार्टेनको साथै शिशु हेरचाह केन्द्रहरु/शिशु हेरचाह केन्द्रहरु/कार्यस्थलहरु डाबर देखा परेको 4 दिनसम्म नजानुहोस् ।
  1.  राम्रो वातावरणीय सरसफाइ कायम राख्नुहोस्
  • धेरैपटक छोइएका सतहहरू जस्तै फर्निचर, खेलौनाहरु र साधारण रुपमा बाँडेर प्रयोग हुने वस्तुहरुलाई 1:99 को अनुपातमा पानीले डाइल्युट (dilute) बनाएर घरेलु ब्लिच (bleach) (ब्लिचको 1 भागलाई 99 भाग पानीसँग मिसाएर) ले नियमित रुपमा सफा गर्नुहोस्, किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस् । धातु-युक्त सतहहरुलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस् ।
  • सोस्ने र फ्याँक्न मिल्ने रुमाल (absorbent disposable towels) को प्रयोगले स्पष्ट सङ्क्रमण पुर्याउने कुराहरुलाई पुछ्नुहोस्, जस्तै सिँगान र खकारहरु, र त्यसपछि सतहलाई तथा छेउको क्षेत्रहरुलाई 1:49 को अनुपातमा पानीले डाइल्युट बनाएर घरेलु ब्लिच (5.25% ब्लिचको 1 भागलाई 49 भाग पानीसँग मिसाएर) ले सफा गर्नुहोस् किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस् । धातु-युक्त सतहहरुलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस् ।
  • राम्रो आन्तरिक भेन्टिलेसन कायम राख्नुहोस् । भीडभाड युक्त वा राम्रो भेन्टिलेसन नभएका सार्वजानिक ठाउँहरुबाट टाढा बस्नुहोस्; उच्च-जोखिम भएका व्यक्तिहरुले यस्ता ठाउँहरुमा जाँदा सर्जिकल मास्कहरु लगाउने कुरा सोच्नु उचित हुन्छ ।
  1. प्रतिरक्षण
  • दादुरा विरुद्ध खोप लगाउनु सबैभन्दा प्रभावकारी रोकथामको उपाय हो । हंगकंगको बाल्य प्रतिरक्षण कार्यक्रम (Hong Kong Childhood Immunisation Programme) अन्तर्गत, बच्चाहरुले दादुराको दुई-पटकको कोर्समा दादुराको खोप प्राप्त गर्दछन् (कृपया सन्दर्भको लागि हंगकंग बाल्य प्रतिरक्षा कार्यक्रम हेर्नुहोस्) ।
  • फरक ठाउँहरुमा आफ्नो एपिडिमियोलजिकल (epidemiological) प्रोफाइलहरु अनुरुप फरक खोप कार्यक्रमहरु विकास हुन्छ । अभिभावकहरुले आफ्नो बच्चाहरुलाई आफ्नो निवासको ठाउँको अनुरुपको खोप प्राप्त हुने व्यवस्था गर्नु पर्दछ । जस्तै, नियमित अन्तरालमा मुख्य भूमि चीनमा जाने र बस्ने एक वर्ष नपुगेका

 
First page  Previous page  / 3  Next page  Last page
Top   Top
 

Main Content

Measles - Nepali version
Close