स्वास्थ्य संरक्षण केन्द्र
हात राम्रो गरेर धुने बारेको निर्देशिका
सरुवा रोगहरूसँगको संसर्गमा आउने र तिनीहरूलाई फैलाउने कार्यलाई नियन्त्रण गर्नको लागि राम्रोसँग हात धुनु भनेको एउटा महत्वपूर्ण व्यक्तिगत सरसफाईको अभ्यास हो।
हामीले हात कहिले धुनुपर्छ ?
- आँखा, नाक र मुख छुनु भन्दा पहिले
- खाना खानु र सो सम्बन्धी कार्य गर्नुभन्दा पहिले
- शौचालयको प्रयोग गरिसकेपछि ।
- खोकी वा हाछ्युँ जस्ता श्वास प्रश्वास सम्बन्धी स्रावहरूद्वारा हात प्रदूषित भए पछि ।
- स्केलेटरको हाते पट्टा, लिफ्टको नियन्त्रण कक्ष वा ढोकाको कुञ्जी जस्ता सार्वजनिक रुपमास्थापित यन्त्रछोए पछि ।
- बच्चाको डायपर फेरे पछि वा बाल बच्चा वा बिरामीहरूको रेख देख गर्दा फोहर लागेका सर सामानहरू छोए पछि ।
राम्ररी हात धुने तरिका
- बगिरहेको पानीमा हात भिजाउनुहोस्
- दुवै हातहरूमा झोल साबुन लगाएर फीँज आउने गरि हात रगड्नुहोस् ।
- बगिरहेको पानीबाट बाहिर हत्केला र त्यसको पछाडि, औँलाहरूको बीचमा, औँलाहरूको पछाडी, बुढी औँलाहरू, औँलाको टुप्पा र दुवै नारीहरूमा राम्ररी साबुन लगाएर माड्नुहोस् ।
- बगिरहेको पानीमा हातलाई राम्ररी पखाल्नुहोस् ।
- एउटा सफा सुतीको तौलिया, एउटा कागजको तौलिया इत्यादिले राम्ररी पुछेर हात सुकाउनुहोस् वा हात सुकाउने मिसिनले दुवै हातहरूलाई सुकाउनुहोस् ।
- सफा हातहरूले पानीको धारालाई फेरि सोझै गरेर छुनु हुँदैन ।
- धारा बन्द गर्दाखेरि धाराको घुमाउनेलाई तौलियाले बेरेर धारा बन्द गर्न सकिन्छ ।
- धाराको घुमाउनेलाई सफा गर्नको लागि त्यस माथि पानी छ्यापेर वा अर्को मानिस द्वारा धारा बन्द गर्न सकिन्छ ।
कृपया ध्यान दिनुहोस्
- तौलियालाई कहिले पनि साझा रूपमा प्रयोग गर्नु हुँदैन ।
- प्रयोग गरि सकिएको कागजको तौलियालाई उचित ढङ्गले ठेगान लगाउनु पर्छ ।
- फेरि प्रयोग गरिने व्यक्तिगत तौलियालाई उचित ढङ्गले भण्डारण गरिनुपर्छ र दिनको कम्तीमा पनि एक पटक धुनु पर्छ । पटक पटक फेरि राख्नको लागि एक भन्दा बढी तौलिया हुनु अझ बढी असल हुन्छ ।
- हात धुने सुविधाहरू उपलब्ध नभएको खण्डमा हातलाई जीवाणु रहित बनाउनको लागि ७० देखि ८० प्रतिशत अल्कोहलको घोलले हात पखाल्नुहोस् ।