Skip to content
友善列印 書籤
二維碼

Main Content

正確洗手方法及佩戴口罩指引 - 尼泊爾文版
關閉
正確洗手方法及佩戴口罩指引 - 尼泊爾文版

मास्कलाई सही तरिकाले प्रयोग गर्नुहो्स्

श्वास प्रश्वास नलीको सङ्क्रमणहरूलाई फैलनबाट रोक्ने एउटा विधि मास्क लगाउनु हो ।  श्वास प्रश्वास नलीको सङ्क्रमण भएको लक्षण देखा परेका मानिसहरू, श्वास प्रश्वास नलीको सङ्क्रमण भएको लक्षण देखिएका रोगीहरुका कुरुवाहरू अनि क्लिनिक वा अस्पतालमा आउनेहरूले रोग फैलाउने सम्भावनालाई कम गर्नको लागि मास्क लगाउनु पर्छ । यदि सही तरिकाले लगाएमा सर्जिकल मास्क सङ्क्रमणहरूलाई रोकथाम गर्नमा प्रभावकारी हुन्छन् । 

 

सर्जिकल मास्क लगाउँदा ध्यान दिनुपर्ने बुँदाहरू

मास्क लगाउनु अघि र खोल्नुभन्दा अघि र पछि हातहरू धुनुहोस्

  • मास्क मुखमा सुरक्षित ढंगले मिलेको हुनुपर्छ
    • मास्क लगाउँदाखेरि धातुको पाता सबैभन्दा माथि पारेर मास्कको रङ्गिन पटिको भागलाई अगाडि पट्टि पार्नुपर्छ ।
    • मास्कलाई सही तरिकाले मिलाएर राख्नको लागि धागो वा इलास्टिकलाई मिलाएर राख्नुपर्छ ।
    • मास्कले नाक, मुख र चिउँडोलाई पुरै ढाकेको हुनुपर्छ ।
    • मास्कमा भएको धातुको पाताले नाकको डाँडालाई  टम्म समाउँछ र मास्क मुहारमाथि सुरक्षित ढंगले मिलेको हुनुपर्छ ।
  • बारम्बार चलाइ रहँदाखेरि  त्यसले दिने सुरक्षा घट्न सक्ने भएकोले आफ्नो मुहारमा मास्क सुरक्षित तवरले लगाइ सकेपछि त्यसलाई सकभर छुने नगर्नुहोस् । यदि तपाईले छुनु नै पर्ने भए मास्कलाई छुनु भन्दा पहिले र मास्कलाई छोइ सकेपछि आफ्नो हात धुनुहोस् ।
  • मास्कको बाहिरि भागमा जीवाणुहरू रहेको हुन सक्ने भएकोले मास्क खोल्दाखेरि मास्कको बाहिरि भागलाई सकभर नछुनुहोस् ।
  • मास्क खोली सकेपछि फोहोर फाल्ने भाँडोमा त्यसलाई फ्याँक्नु भन्दा पहिले एउटा प्लास्टिक वा कागजको ब्यागमा त्यसलाई हाल्नुहोस् ।
  • एउटा सर्जिकल मास्क कम्तीमा दैनिक फेर्नु पर्छ । यदि मास्क बिग्रेको वा फोहोर मैला लागेको छ भने त्यस मास्कलाई तुरून्तै फेर्नुहोस् ।

 

यदि तपाईलाई ज्वरोको लक्षण देखा परेको छ भने कृपया मास्क लगाउनुहोस् र  तुरून्तै डाक्टरको सल्लाह लिनुहोस् ।

 

जता ततै फैलिएको रुघा ज्वरोबाट आफूलाई बचाउने तयारी गर्नको लागि सामान्य घरहरूमा कैयन् हप्तासम्मको लागि सर्जिकल मास्कहरू सधैँ उपलब्ध हुनु पर्छ ।

 

स्वास्थ्य सम्बन्धी अन्य जानकारीको लागि कृपया स्वास्थ्य विभागको २४-घण्टे स्वास्थ्य शिक्षा हटलाईन २८३३०१११ मा फोन सम्पर्क गर्नुहोस् (क्यान्टोनीज, अंग्रेजी र पुतोनघुवा) वा सेन्टर फर हेल्थ प्रोटेक्शनको वेब साइट www.chp.gov.hk हेर्नुहोस् ।  ।

कृपया यो सन्देश आफ्ना साथीहरूलाई बाँड्नुहोस्

 
第一頁  上一頁  / 4   
頁首   頁首
 

Main Content

正確洗手方法及佩戴口罩指引 - 尼泊爾文版
關閉