Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Rubella - Nepali version
Close
Rubella - Nepali version
  • साधारणतया, निम्न प्रकृतिका व्यक्तिहरुले एमएमआर(MMR) खोप* लिनु हुँदैनः
  1. विगतमा एमएमआर(MMR) खोप लिँदा वा खोपको कुनै पनि तत्व (जस्तै जेलाटिन (gelatin) वा नियोमाइसिन (neomycin))ले गर्दा गम्भीर एलर्जी प्रतिक्रिया भएको
  2. रोगहरु वा उपचार (उदाहरणको लागि, हालै क्यान्सरको उपचारको लागि जस्तै केमोथेरापी र रेडियाथेरापी गरेको, प्रतिरक्षादमन औषधीहरु लिइरहेको जस्तै उच्च डोजको कोर्टिस्कोस्टोरोइड (corticosteroid), इत्यादि) बाट गम्भीर प्रतिरक्षादमन भएका व्यक्तिहरु
  3. गर्भवती#

@साधारणतया, व्यक्तिहरुलाई रुबेला विरुद्ध गैर-प्रतिरोधक मानिन्छ, यदि (i) उनीहरुलाई प्रयोगशालाको परीक्षणबाट पहिले कहिल्यै पनि रुबेलाको सङ्क्रमण नभएको निश्चित भएको छ भने, र (ii) उनीहरुले पूर्ण रुपमा रुबेला विरुद्धको खोप लगाएका छैनन् भने वा उनीहरुको खोपको स्थिति स्पष्ट रहेको छैन भने ।

^ मेडिकल सल्लाह सधैँ खोजी राख्नुपर्छ ।

*विश्व स्वास्थ्य सङ्गन (World Health Organization) र यूनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (United States Centers for Disease Control and Prevention)को जानकारी अनुसार, एमएमआर (MMR) खोपको कारणले हुने एनफलाइटिक् प्रतिक्रिया एग एन्टिजेन्स (egg antigens) सँग हुने अतिसंवेदनशीलतासँग सम्बन्धित नभएर खोपको अन्य तत्वहरु (जस्तै जेलाटिन) सँग सम्बन्धित हुन्छ । एग-एलर्जीक (अण्डा देखि हुने एलर्जी) व्यक्तिहरुमा यी खोपहरु लगाई सकेपछि गम्भीर एलर्जी प्रतिक्रियाको जोखिम धेरै नै कम हुन्छ । त्यसैले, एनफलाइटिक एग एलर्जी नभएका व्यक्तिहरुलाई एमएमआर (MMR) खोप सुरक्षित रुपमा लगाउन सकिन्छ । अण्डा प्रति एलर्जीको गम्भीर प्रतिक्रिया (जस्तै तीव्रग्राहिता (anaphylaxis) भएकाहरुले उपयुक्त हुने गरि खोप लगाउनको लागि स्वास्थ्यसेवा विशेषज्ञबाट परामर्श लिनुपर्छ ।

#साधारणतया, महिलाहरुले एमएमआर(MMR) खोप लगाएको तीन महिना सम्म गर्भवती हुनबाट जोगिनु पर्दछ र उचित गर्भनिरोध उपाय अपनाउनु पर्छ ।

9 जुलाई 2019

9 July 2019

 
First page  Previous page  / 3   
Top   Top
 

Main Content

Rubella - Nepali version
Close