|
- सङ्क्रमित व्यक्तिहरुलाई डाबर देखा परेको 7 दिनसम्म घरमा बस्न र विशेष गरी गर्भवती महिलाहरु र गर्भधारणको तयार गरिरहेका महिलाहरु जस्ता बढी जोखिममा पर्ने व्यक्तिहरुसँगको सम्पर्कबाट टाढा रहन सल्लाह दिइन्छ । रुबेला विरुद्ध प्रतिरोधक क्षमता नभएका गर्भवती महिलाहरुलाई यो रोग सर्न सक्ने र उनीहरुका गर्भस्थ शिशुलाई पनि यसले असर पार्न सक्ने भएकाले, यस्तो गरिन्छ । त्यसैले गर्भवती महिलाहरुसँग धेरै सम्पर्कमा आउने व्यक्तिहरु पत्ता हुनु पर्दछ र उनीहरुको प्रतिरोधक क्षमताको जाँच गरिनु पर्दछ ।
2. राम्रो वातावरणीय सरसफाइ कायम राख्नुहोस्
- धेरैपटक छोइएका सतहहरू जस्तै फर्निचर, खेलौनाहरु र साधारण रुपमा बाँडेर प्रयोग हुने वस्तुहरुलाई 1:99 को अनुपातमा पानीले डाइल्युट (dilute) बनाएर घरेलु ब्लिच (bleach) (ब्लिचको 1 भागलाई 99 भाग पानीसँग मिसाएर) ले नियमित रुपमा सफा गर्नुहोस्, किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस् । धातु-युक्त सतहहरुलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस् ।
- सोस्ने र फ्याँक्न मिल्ने रुमाल (absorbent disposable towels) को प्रयोगले स्पष्ट सङ्क्रमण पुर्याउने कुराहरुलाई पुछ्नुहोस्, जस्तै सिँगान र खकारहरु, र त्यसपछि सतहलाई तथा छेउको क्षेत्रहरुलाई 1:49 को अनुपातमा पानीले डाइल्युट बनाएर घरेलु ब्लिच (5.25% ब्लिचको 1 भागलाई 49 भाग पानीसँग मिसाएर) ले सफा गर्नुहोस् किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस् । धातु-युक्त सतहहरुलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस् ।
- राम्रो आन्तरिक भेन्टिलेसन कायम राख्नुहोस् । भीडभाड युक्त वा राम्रो भेन्टिलेसन नभएका सार्वजानिक ठाउँहरुबाट टाढा बस्नुहोस्; उच्च-जोखिम भएका व्यक्तिहरुले यस्ता ठाउँहरुमा जाँदा सर्जिकल मास्कहरु लगाउने कुरा सोच्नु उचित हुन्छ ।
3. प्रतिरक्षण
- रुबेला विरुद्धको खोप लगाउनु सबैभन्दा प्रभावकारी रोकथामको उपाय हो । हंगकंगको बाल्य प्रतिरक्षण कार्यक्रम (Hong Kong Childhood Immunisation Programme) अन्तर्गत, बच्चाहरुले रुबेलाको दुई-पटकको कोर्समा रुबेलाको खोप प्राप्त गर्दछन् (कृपया सन्दर्भको लागि हंगकंग बाल्य प्रतिरक्षा कार्यक्रम हेर्नुहोस्) ।
- बच्चा पाउन सक्ने उमेर भएका महिलाहरुले खोप लगाएका छैनन् भने गर्भधारणको योजना गर्नु अघि आफ्नो प्रतिरोधक स्थिति बुझ्नु पर्दछ र आवश्यक परेमा रुबेला विरुद्धको खोप लगाउनु पर्दछ ।
- फरक ठाउँहरुमा आफ्नो एपिडिमियोलजिकल (epidemiological) प्रोफाइलहरु अनुरुप फरक खोप कार्यक्रमहरु विकास हुन्छ । अभिभावकहरुले आफ्नो बच्चाहरुलाई आफ्नो निवासको ठाउँको अनुरुपको खोप प्राप्त हुने व्यवस्था गर्नु पर्दछ । जस्तै, नियमित अन्तरालमा मुख्य भूमि चीनमा जाने र बस्ने एक वर्ष नपुगेका बच्चाहरुले मुख्य भूमि चीनकै कार्यक्रम अनुरुप रुबेलाको पहिलो खोप 8 महिना पुग्दा लिनुपर्दछ, र त्यस पछि अर्को खोप 18 महिना पुग्दा लिनु पर्दछ ।
- रुबेला विरुद्ध प्रतिरोधक क्षमता@ नभएका सबै विदेशी घरेलु सहयोगीहरुले दादुरा, हाँडे र रुबेला ((एमएमआर)(MMR)) खोप सकेसम्म हंगकंग आउनु अघि नै लगाउनु राम्रो हुन्छ । यदि त्यस्तो सम्भव नभएमा, उनीहरुले हंगकंगमा आए पछि डाक्टरलाई सम्पर्क गर्न सक्छन् । रोजगारदाता एजेन्सीहरुले रोजगारी-पूर्वको मेडिकल चेक-अप प्याकेजमा रुबेला विरुद्धको प्रतिरोधक क्षमता र एमएमआर(MMR) खोपको स्थिति जाँच्ने कुरालाई एक अतिरिक्त कार्यको रुपमा राख्न सक्दछन् ।
|
|
|