Skip to content
友善列印 書籤
二維碼

Main Content

風疹(德國麻疹)- 尼泊爾文版
關閉
風疹(德國麻疹)- 尼泊爾文版

(風疹(德國麻疹)- 尼泊爾文版)

रुबेला (Rubella)

कारक तत्व

रुबेलालाई “जर्मन दादुरा” पनि भनिन्छ र यसको कारक रुबेला भाइरस (rubella virus) हो ।

क्लिनिकल लक्षणहरु

मानिसहरुमा प्रायः डाबर फैलिएर आउने, ज्वरो आउने, टाउको दुख्ने, अस्वस्थ महसुस हुने, लसीकापर्व (lymph node) सुन्निे, श्वास-नलीमा समस्या र आँखा पाक्ने (conjuctivitis) हुन सक्छ । डाबर प्रायः 3 दिनसम्म रहन्छ, तर केही बिरामीहरुलाई डाबर नआउन पनि सक्छ । रुबेला भएका वयस्क महिलाहरुलाई धेरैजसो जोर्नीमा दुखाई वा जोर्नीशोथ (आर्थराइटिस) हुने गर्दछ । रुबेला सङ्क्रमणले पेटमा विकास हुँदै गरेको शिशुहरुमा असामान्यता पैदा गर्न सक्छ । गर्भधारण गरेको पहिलो 3 महिनामा सङ्क्रमण भएका महिलाहरुबाट जन्मेका शिशुहरुलाई जन्मजात रुबेला लक्षण पनि आउन सक्छ, जसमा बहिरोपना, मोतिबिन्दु, अविकसित हृदय, मानसिक विक्लांगता, आदि जस्ता लक्षणहरु देखा पर्न सक्छ ।

सर्ने माध्यम

सङ्क्रमण भएका व्यक्तिहरुको नाक वा घाँटीबाट निक्लने सिँगान वा खकारको थोपाहरु मार्फत फैलिएर वा रोगीसँगको प्रत्यक्ष सम्पर्कबाट यो सर्न सक्छ । यो एक अत्यन्तै सर्ने सरुवा रोग हो र कुनै रोगीले डाबर देखा पर्नु 1 हप्ता अघि दखि 1 हप्ता पछि सम्म यो रोग सार्न सक्छन् ।

उष्मायन (Incubation) अवधि

यो प्रायः 14 दिन सम्म हुन्छ, र 12-23 दिन सम्म जान सक्छ ।

व्यवस्थापन

यसको कुनै विशेष उपचार छैन, तर असहजता कम गर्न औषधि सिफारिस हुन सक्नेछ ।

रोकथाम

  1. उचित व्यक्तिगत सरसफाइ कायम गर्ने
  • हातको सरसफाइ नियमित रुपमा गर्ने, विशेष रुपमा हेन्डरेल वा ढोकाको हेन्डल जस्ता सार्वजानिक स्थापनाहरु छुँदा वा खोक्दा वा हाच्छिउँ गर्दा हातमा सिँगान वा खकारबाट सङ्क्रमण हुने स्थिति भएमा मुख, नाक वा आँखाहरु हातले छुनु अघि अवश्य सफा गर्ने । लिक्विड सोप र पानीले कम्तिमा 20 सेकेन्डसम्म हात मिचेर धुने, र त्यसपछि पानीले पखालेर डिस्पोजेबल पेपर टावेल वा ह्यान्ड ड्रायरले हात सुकाउने । यदि हात धुने सुविधाहरु नभएमा, वा हात देखिने गरी फोहोर नभएमा 70 देखि 80% एल्कोहोल-आधारित ह्यान्डरबलाई एक उचित विकल्पको रुपमा सफा गर्न प्रयोग गर्नुहोस् ।
  • तपाईंको मुख र नाक हाँच्छिउँ गर्दा वा खोक्दा टिस्यु पेपरले छोप्नुहोस् । छोप्न मिल्ने बिन भित्र फोहोर टिस्युहरुलाई फ्याक्नुहोस्, र त्यसपछि राम्ररी हातहरु धुनुहोस् ।
  • श्वासप्रश्वास सम्बन्धित लक्षणहरु हुँदा, एक सर्जिकल मास्क लगाउनुहोस्, काम वा स्कुलमा नजानुहोस्, भीडभाड भएको ठाउँहरुबाट टाढा रहनुहोस् र तुरुन्तै मेडिकल सल्लाह लिनुहोस् ।
 
    / 3  下一頁  最後一頁
頁首   頁首
 

Main Content

風疹(德國麻疹)- 尼泊爾文版
關閉