(Methicillin-resistant Staphylococcus Aureus (MRSA) Infection and Community-associated MRSA Infection - Nepali Version)
मेथिसिलिन-प्रतिरोधि स्टेफीलोकोकस औरेस (Methicillin-resistant Staphylococcus Aureus) (MRSA) सङ्क्रमण र समुदाय-सम्बन्धित एमआरएसए (MRSA) सङ्क्रमण
कारक तत्व
स्टेफीलोकोकस औरेस (Staphylococcus aureus) (S. aureus) स्वस्थ मान्छेको छाला अथवा नाकको प्वालमा सामान्यतया लगिने एउटा जीवाणु हो । यी स्वस्थ व्यक्तिहरुले सङ्क्रमणको संकेत वा लक्षण विना बोक्छन् । तथापी, जीवाणुले कहिलेकाहीं छाला, घाउ, मुत्र नली, फोक्सो, रक्तधाराको सङ्क्रमण जस्ता रोगहरु र खाना विषाक्तता गराउन सक्छ ।
प्रायः स्टेफीलोकोकस औरेस (S. Aures) सङ्क्रमणहरु प्रभावकारी तरिकाले एन्टिबायोटिकद्धारा उपचार गर्न सकिन्छ । यद्यपी, मेथीसिलिन प्रतिरोधी स्टेफीलोकोकस औरेस (S. Aures) (एमआरएसए) स्टेफीलोकोकस औरेसको एउटा खिचाव हो जुन मेथीसिलिन संलग्न हुने र अरु सामान्य प्रयोग हुने एन्टीबायोटिकहरु जस्तै अक्सासिलिन (oxacillin), पेनीसिलिन (penicillin), एमोक्सीलि (amoxicillin), र सेफालोस्पोरिन्स (cephalosporins) प्रतिरोधी हुन्छ । एन्टिबायोटिकको अनुचित प्रयोग एन्टिबायोटिक प्रतिरोधको एउटा कारक तत्व हो भनेर व्यापक मानिन्छ ।
धेरै जसो एमआरएसए (MRSA) सङ्क्रमणहरु त्यस्ता मानिसहरुमा हुन्छ जो अस्पतालमा भर्ना भएका छन्, आवासीय हेरचाह गर्ने घरहरुमा बस्छन् अथवा डायलिसिस केन्द्रहरु जस्ता स्वास्थ्य हेरविचार व्यवस्थामा उपचार गराएका छन् ।
‘समुदाय-सम्बन्धित एमआरएसए (सिए-एमआरएसए(CA-MRSA))’ सङ्क्रमण के हो ?
कहिलेकाहीं, एमआरएसए (MRSA) को कारणले हुने सङ्क्रमणहरु समुदायमा बस्ने व्यक्तिहरु जो अस्पतालमा भर्ना नभएका, आवासीय हेरचाह गर्ने घरहरुमा नबसेका, वा लक्षण सुरु हुनु भन्दा एक वर्ष अगाडी चिकित्सा प्रक्रिया प्राप्त नगरेकामा हुन सक्छ । यिनीहरुलाई समुदाय-सम्बन्धित एमआरएसए (सिए-एमआरएसए) सङ्क्रमणहरु भनेर भनिन्छ ।
क्लिनिकल लक्षणहरु
एमआरएसए (MRSA) ले प्राय छाला र नरम तन्तुहरुमा सङ्क्रमण जस्तै डण्डीफोर, खटिराहरु, छालामा फोकाहरु वा घाउको सङ्क्रमणहरु हुन्छ । सङ्क्रमित क्षेत्र रातो, सुन्निएको, र पीडादायी हुन सक्छ अथवा त्यसले पिप उत्पन्न गर्न सक्छ । कहिलेकाहीं, धेरै गम्भीर सिक्युला (sequelae) जस्तै रक्तधारा सङ्क्रमणहरु, फोक्सो सङ्क्रमणहरु वा नेक्रोडिजिंग फासीसीटिस (necrotizing fasciitis) हुन सक्छ ।
सर्ने माध्यम
एमआरएसए (MRSA) सङ्क्रमणहरुको मुख्य प्रसारण घाउ, घाउको पिप र फोहर क्षेत्रहरुसँग प्रत्यक्ष सम्पर्क हो । अन्य जोखिमका कारकहरुमा नजिकको सम्पर्क, घाउहरु वा भित्र रहेको नलिको समस्याका कारण छाला फुट्ने, नराम्रो व्यक्तिगत सरसफाई र भिडभाडको बसाई पर्दछन् ।
व्यवस्थापन
घाउ सङ्क्रमण भएका व्यक्तिहरुले स्वास्थ्य हेरविचार विशेषज्ञसँग तुरुन्तै सल्लाह लिनुपर्छ ताकी सङ्क्रमण राम्ररी निदान गर्न र प्रभावकारी रुपमा उपचार गर्न सकिन्छ । खटिराहरु र छालमा आएका फोकाहरुबाट काटेर पानी निकाल्न आवश्यक पनि हुन सक्छ भने एन्टिबायोटिक तोकिदिन पनि सक्छन् ।
रोकथाम
उचित व्यक्तिगत सरसफाइ कायम गर्ने
- हातको सरसफाइ नियमित रुपमा गर्ने, विशेष रुपमा हेन्डरेल वा ढोकाको हेन्डल जस्ता सार्वजानिक स्थापनाहरु छुँदा वा खोक्दा वा हाच्छिउँ गर्दा हातमा सिँगान वा खकारबाट सङ्क्रमण हुने स्थिति भएमा मुख, नाक वा आँखाहरु हातले छुनु अघि अवश्य सफा गर्ने ।
- लिक्विड सोप र पानीले कम्तिमा 20 सेकेन्डसम्म हात मिचेर धुने, र त्यसपछि पानीले पखालेर डिस्पोजेबल पेपर टावेल वा ह्यान्ड ड्रायरले हात सुकाउने । यदि हात धुने सुविधाहरु नभएमा, वा हात देखिने गरी फोहोर नभएमा 70 देखि 80% एल्कोहोल-आधारित ह्यान्डरबलाई एक उचित विकल्पको रुपमा सफा गर्न प्रयोग गर्नुहोस् ।
- फोहोर वस्तुहरु चलाउँदा पन्जाहरु लगाउनुहोस्, र त्यसपछि राम्रो तरिकाले हात धुनुहोस् ।
- व्यक्तिगत सामानहरु जस्तै रुमालहरु, लगाउने लुगा वा पोशाकहरु, रेजरहरु वा नङकटहरु अरुलाई नदिनुहोस् ।
उचित घाउ व्यवस्थापन
- घाउहरु वा घाउ सफा गर्दा फोहोर हुने चिजहरुसँग प्रत्यक्ष सम्पर्कबाट बच्नुहोस् ।
- घाउहरु तुरुन्तै सफा गर्नुहोस् र त्यसलाई निको नभएसम्म पानीले नभिज्ने र टाँसिने पट्टिहरुले राम्रोसँग छोप्नुहोस् ।
- घाउहरु छुनु भन्दा अगाडि र पछाडि राम्रोसँग हात धुनुहोस् ।
- यदि सङ्क्रमणको बल्झिने लक्षणहरु देखिएमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् ।
- यदि तपाईंको घाउ खुला छ भने खेलहरु नखेल्नुहोस् वा सार्वजानिक बाथरुमहरुको सम्पर्कमा नजानुहोस् ।
एन्टिबायोटिकहरुको उचित प्रयोग
- तपाईंहरुको डाक्टरसँग एन्टिबायोटिकहरु नमाग्नुहोस् ।
- एन्टिबायोटिकहरु प्रयोग गर्दा तपाईंको डाक्टरको सल्लाह सुझावहरु पालना गर्नुहोस् ।
- तपाईंलाई आराम महसुस भए पछि पनि एन्टिबायोटिकहरु प्रयोग गर्न नछोड्नुहोस् ।
- बाँकी रहेका एन्टिबायोटिकहरु प्रयोग नगर्नुहोस् ।
- तपाईंको एन्टिबायोटिक अरुलाई नदिनुहोस् ।
- किटाणुहरु फैलिनबाट रोक्नको लागि एन्टिबायोटिक प्रयोग गर्दै गर्दा व्यक्तिगत सरसफाइलाई अझ राम्रो बनाउनुहोस्ः
- समय समयमा हात धुने बानी बसाल्नुहोस् ।
- खानेकुराहरु राम्ररी पाकेपछि वा उम्लिसकेपछि मात्र खाने वा पिउने गर्नुहोस् ।
- सबै घाउहरु सफा गर्नुहोस् र छोप्नुहोस् ।
- यदि तपाईंलाई श्वासप्रश्वासको लक्षणहरु जस्तै खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट पानी बग्ने र गला बसेको छ भने सर्जिकल मास्क लगाउनुहोस् ।
- संक्रमणका लक्षणहरु भएका कम उमेरका बच्चाहरुलाई अरु बच्चाहरुसँगको सम्पर्कमा कम गर्नुहोस् ।
राम्रो वातावरणीय सरसफाइ कायम गर्नुहोस्
- वातावरण सफा राख्नुहोस्; सार्वजानिक स्थानहरु जस्तै खेलकुद केन्द्रहरु र सार्वजानिक बाथरुमहरुमा दोहार्याएर प्रयोग हुने सामग्रीहरु नियमित रुपमा किटाणुरहित बनाउनुहोस्।
- एमआरएसए (MRSA) प्रदुषित घरायसी बस्तुहरु मार्फत परिवारमा फैलिन सक्छ । त्यसैले घर सफा र धुलो रहित राख्न जरुरी छ । बारम्बार-छोइने सतहहरु (उदाहरणको लागि, ट्वाइलेटको सिट, बाथरुम), बच्चाहरुको खेलौना र ओछ्यानको तन्नाहरु नियमित रुपमा धुनुपर्छ, सफा गर्नुपर्छ र किटाणुरहित (घरको डाइल्युट ब्लिच (diluted bleach)) राख्नुपर्छ । ब्लिचको प्रयोगको बारेमा थप जानकारीको लागि कृपया निम्न वेबसाइट हेर्नुहोस्ः http://www.chp.gov.hk/files/pdf/the_use_of_bleach.pdf
स्वास्थ्य सुरक्षा केन्द्र (Centre for Health Protection) को वेबसाइटः www.chp.gov.hk
स्वास्थ्य विभागको 24-घण्टा स्वास्थ्य शिक्षाको हटलाइनः 2833 0111
जुन 2019 मा संसोधन गरिएको