Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Rubella pamphlet - Nepali Version
Close
Rubella pamphlet - Nepali Version

(Rubella pamphlet -Nepali Version)

रुबेला
कारक तत्व

रुबेलालाई “जर्मन दादुरा” पनि भनिन्छ र यसको कारक रुबेला भाइरस (rubella virus) हो ।

क्लिनिकल लक्षणहरु

मानिसहरुमा प्रायः डाबर फैलिएर आउने, ज्वरो आउने, टाउको दुख्ने, अस्वस्थ महसुस हुने, लसीकापर्व (lymph node) सुन्निे, श्वास-नलीमा समस्या र आँखा पाक्ने (conjuctivitis) हुन सक्छ । डाबर प्रायः 3 दिनसम्म रहन्छ, तर केही बिरामीहरुलाई डाबर नआउन पनि सक्छ । रुबेला भएका वयस्क महिलाहरुलाई धेरैजसो जोर्नीमा दुखाई वा जोर्नीशोथ (आर्थराइटिस) हुने गर्दछ । रुबेला सङ्क्रमणले पेटमा विकास हुँदै गरेको शिशुहरुमा असामान्यता पैदा गर्न सक्छ । गर्भधारण गरेको पहिलो 3 महिनामा सङ्क्रमण भएका महिलाहरुबाट जन्मेका शिशुहरुलाई जन्मजात रुबेला लक्षण पनि आउन सक्छ, जसमा बहिरोपना, मोतिबिन्दु, अविकसित हृदय, मानसिक विक्लांगता, आदि जस्ता लक्षणहरु देखा पर्न सक्छ ।

सर्ने माध्यम

सङ्क्रमण भएका व्यक्तिहरुको नाक वा घाँटीबाट निक्लने सिँगान वा खकारको थोपाहरु मार्फत फैलिएर वा रोगीसँगको प्रत्यक्ष सम्पर्कबाट यो सर्न सक्छ । यो एक अत्यन्तै सर्ने सरुवा रोग हो र कुनै रोगीले डाबर देखा पर्नु 1 हप्ता अघि दखि 1 हप्ता पछि सम्म यो रोग सार्न सक्छन् ।

उष्मायन (Incubation) अवधि

यो प्रायः 14 दिन सम्म हुन्छ, र 12-23 दिन सम्म जान सक्छ ।

व्यवस्थापन

यसको कुनै विशेष उपचार छैन, तर असहजता कम गर्न औषधि सिफारिस हुन सक्नेछ ।

रोकथाम

  1. उचित व्यक्तिगत सरसफाइ कायम गर्ने
  • हातको सरसफाइ नियमित रुपमा गर्ने, विशेष रुपमा हेन्डरेल वा ढोकाको हेन्डल जस्ता सार्वजानिक स्थापनाहरु छुँदा वा खोक्दा वा हाच्छिउँ गर्दा हातमा सिँगान वा खकारबाट सङ्क्रमण हुने स्थिति भएमा मुख, नाक वा आँखाहरु हातले छुनु अघि अवश्य सफा गर्ने । लिक्विड सोप र पानीले कम्तिमा 20 सेकेन्डसम्म हात मिचेर धुने, र त्यसपछि पानीले पखालेर डिस्पोजेबल पेपर टावेल वा ह्यान्ड ड्रायरले हात सुकाउने । यदि हात धुने सुविधाहरु नभएमा, वा हात देखिने गरी फोहोर नभएमा 70 देखि 80% एल्कोहोल-आधारित ह्यान्डरबलाई एक उचित विकल्पको रुपमा सफा गर्न प्रयोग गर्नुहोस् ।
  • तपाईंको मुख र नाक हाँच्छिउँ गर्दा वा खोक्दा टिस्यु पेपरले छोप्नुहोस् । छोप्न मिल्ने बिन भित्र फोहोर टिस्युहरुलाई फ्याक्नुहोस्, र त्यसपछि राम्ररी हातहरु धुनुहोस् ।
  • श्वासप्रश्वास सम्बन्धित लक्षणहरु हुँदा, एक सर्जिकल मास्क लगाउनुहोस्, काम वा स्कुलमा नजानुहोस्, भीडभाड भएको ठाउँहरुबाट टाढा रहनुहोस् र तुरुन्तै मेडिकल सल्लाह लिनुहोस् ।
  • सङ्क्रमित व्यक्तिहरुलाई डाबर देखा परेको 7 दिनसम्म घरमा बस्न र विशेष गरी गर्भवती महिलाहरु र गर्भधारणको तयार गरिरहेका महिलाहरु जस्ता बढी जोखिममा पर्ने व्यक्तिहरुसँगको सम्पर्कबाट टाढा रहन सल्लाह दिइन्छ । रुबेला विरुद्ध प्रतिरोधक क्षमता नभएका गर्भवती महिलाहरुलाई यो रोग सर्न सक्ने र उनीहरुका गर्भस्थ शिशुलाई पनि यसले असर पार्न सक्ने भएकाले, यस्तो गरिन्छ । त्यसैले गर्भवती महिलाहरुसँग धेरै सम्पर्कमा आउने व्यक्तिहरु पत्ता हुनु पर्दछ र उनीहरुको प्रतिरोधक क्षमताको जाँच गरिनु पर्दछ ।
  1. राम्रो वातावरणीय सरसफाइ कायम राख्नुहोस्
  • धेरैपटक छोइएका सतहहरू जस्तै फर्निचर, खेलौनाहरु र साधारण रुपमा बाँडेर प्रयोग हुने वस्तुहरुलाई 1:99 को अनुपातमा पानीले डाइल्युट (dilute) बनाएर घरेलु ब्लिच (bleach) (ब्लिचको 1 भागलाई 99 भाग पानीसँग मिसाएर) ले नियमित रुपमा सफा गर्नुहोस्, किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस् । धातु-युक्त सतहहरुलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस् ।
  • सोस्ने र फ्याँक्न मिल्ने रुमाल (absorbent disposable towels) को प्रयोगले स्पष्ट सङ्क्रमण पुर्याउने कुराहरुलाई पुछ्नुहोस्, जस्तै सिँगान र खकारहरु, र त्यसपछि सतहलाई तथा छेउको क्षेत्रहरुलाई 1:49 को अनुपातमा पानीले डाइल्युट बनाएर घरेलु ब्लिच (5.25% ब्लिचको 1 भागलाई 49 भाग पानीसँग मिसाएर) ले सफा गर्नुहोस् किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस् । धातु-युक्त सतहहरुलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस् ।
  • राम्रो आन्तरिक भेन्टिलेसन कायम राख्नुहोस् । भीडभाड युक्त वा राम्रो भेन्टिलेसन नभएका सार्वजानिक ठाउँहरुबाट टाढा बस्नुहोस्; उच्च-जोखिम भएका व्यक्तिहरुले यस्ता ठाउँहरुमा जाँदा सर्जिकल मास्कहरु लगाउने कुरा सोच्नु उचित हुन्छ ।
  1.  प्रतिरक्षण
  • रुबेला विरुद्धको खोप लगाउनु सबैभन्दा प्रभावकारी रोकथामको उपाय हो ।  हंगकंगको बाल्य प्रतिरक्षण कार्यक्रम (Hong Kong Childhood Immunisation Programme) अन्तर्गत, बच्चाहरुले रुबेलाको दुई-पटकको कोर्समा रुबेलाको खोप प्राप्त गर्दछन् (कृपया सन्दर्भको लागि हंगकंग बाल्य प्रतिरक्षा कार्यक्रम हेर्नुहोस) ।
  • बच्चा पाउन सक्ने उमेर भएका महिलाहरुले खोप लगाएका छैनन् भने गर्भधारणको योजना गर्नु अघि आफ्नो प्रतिरोधक स्थिति बुझ्नु पर्दछ र आवश्यक परेमा रुबेला विरुद्धको खोप लगाउनु पर्दछ ।
  • फरक ठाउँहरुमा आफ्नो एपिडिमियोलजिकल (epidemiological) प्रोफाइलहरु अनुरुप फरक खोप कार्यक्रमहरु विकास हुन्छ । अभिभावकहरुले आफ्नो बच्चाहरुलाई आफ्नो निवासको ठाउँको अनुरुपको खोप प्राप्त हुने व्यवस्था गर्नु पर्दछ । जस्तै, नियमित अन्तरालमा मुख्य भूमि चीनमा जाने र बस्ने एक वर्ष नपुगेका बच्चाहरुले मुख्य भूमि चीनकै कार्यक्रम अनुरुप रुबेलाको पहिलो खोप 8 महिना पुग्दा लिनुपर्दछ, र त्यस पछि अर्को खोप 18 महिना पुग्दा लिनु पर्दछ ।
  • रुबेला विरुद्ध प्रतिरोधक क्षमता@ नभएका सबै विदेशी घरेलु सहयोगीहरुले दादुरा, हाँडे र रुबेला ((एमएमआर)(MMR)) खोप सकेसम्म हंगकंग आउनु अघि नै लगाउनु राम्रो हुन्छ । यदि त्यस्तो सम्भव नभएमा, उनीहरुले हंगकंगमा आए पछि डाक्टरलाई सम्पर्क गर्न सक्छन् । रोजगारदाता एजेन्सीहरुले रोजगारी-पूर्वको मेडिकल चेक-अप प्याकेजमा रुबेला विरुद्धको प्रतिरोधक क्षमता र एमएमआर(MMR) खोपको स्थिति जाँच्ने कुरालाई एक अतिरिक्त कार्यको रुपमा राख्न सक्दछन् ।
  • साधारणतया, निम्न प्रकृतिका व्यक्तिहरुले एमएमआर(MMR) खोप* लिनु हुँदैनः
  1. विगतमा एमएमआर(MMR) खोप लिँदा वा खोपको कुनै पनि तत्व (जस्तै जेलाटिन (gelatin) वा नियोमाइसिन (neomycin))ले गर्दा गम्भीर एलर्जी प्रतिक्रिया भएको
  2. रोगहरु वा उपचार (उदाहरणको लागि, हालै क्यान्सरको उपचारको लागि जस्तै केमोथेरापी र रेडियाथेरापी गरेको, प्रतिरक्षादमन औषधीहरु लिइरहेको जस्तै उच्च डोजको कोर्टिस्कोस्टोरोइड (corticosteroid), इत्यादि) बाट गम्भीर प्रतिरक्षादमन भएका व्यक्तिहरु
  3. गर्भवती#

@साधारणतया, व्यक्तिहरुलाई रुबेला विरुद्ध गैर-प्रतिरोधक मानिन्छ, यदि (i) उनीहरुलाई प्रयोगशालाको परीक्षणबाट पहिले कहिल्यै पनि रुबेलाको सङ्क्रमण नभएको निश्चित भएको छ भने, र (ii) उनीहरुले पूर्ण रुपमा रुबेला विरुद्धको खोप लगाएका छैनन् भने वा उनीहरुको खोपको स्थिति स्पष्ट रहेको छैन भने ।

^ मेडिकल सल्लाह सधैँ खोजी राख्नुपर्छ ।

*विश्व स्वास्थ्य सङ्गठन (World Health Organization) र यूनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (United States Centers for Disease Control and Prevention)को जानकारी अनुसार, एमएमआर (MMR) खोपको कारणले हुने एनफलाइटिक् प्रतिक्रिया एग एन्टिजेन्स (egg antigens) सँग हुने अतिसंवेदनशीलतासँग सम्बन्धित नभएर खोपको अन्य तत्वहरु (जस्तै जेलाटिन) सँग सम्बन्धित हुन्छ । एग-एलर्जीक (अण्डा देखि हुने एलर्जी) व्यक्तिहरुमा यी खोपहरु लगाई सकेपछि गम्भीर एलर्जी प्रतिक्रियाको जोखिम धेरै नै कम हुन्छ । त्यसैले, एनफलाइटिक एग एलर्जी नभएका व्यक्तिहरुलाई एमएमआर (MMR) खोप सुरक्षित रुपमा लगाउन सकिन्छ । अण्डा प्रति एलर्जीको गम्भीर प्रतिक्रिया (जस्तै तीव्रग्राहिता (anaphylaxis) भएकाहरुले उपयुक्त हुने गरि खोप लगाउनको लागि स्वास्थ्यसेवा विशेषज्ञबाट परामर्श लिनुपर्छ ।

# साधारणतया, महिलाहरुले एमएमआर(MMR) खोप लगाएको तीन महिना सम्म गर्भवती हुनबाट जोगिनु पर्दछ र उचित गर्भनिरोध उपाय अपनाउनु पर्छ ।

9 जुलाई 2019

 
First page  Previous page  / 3  Next page  Last page
Top   Top
 

Main Content

Rubella pamphlet - Nepali Version
Close