|
(Measles - Nepali Version)
दादुरा (Measles) कारक तत्व
यसको कारक एक मिजल्स भाइरस (Measles virus) नामक भाइरस हो।
क्लिनिकल लक्षणहरू
दादुराको खोप ल्याउनु अघि दादुरा प्राय: बाल्यकालमा धेरै फैलिने एक सङ्क्रमण थियो। असर परेका व्यक्तिहरूलाई सुरुमा ज्वरो, खोकी, नाक बग्ने, आँखा रातो हुने र मुखमा सेतो निसान आउनेछ। त्यस पश्चात् 3 देखि 7 दिनहरूमा छालामा रातो दाग भएको डाबर आँउछन्, जुन प्राय: मुखबाट शरीरको अन्य भागहरूमा फैलिने गर्दछ। यो डाबर प्राय: 4 देखि 7 दिनसम्म रहन्छ, तर कहिलेकाहीं 3 हप्तासम्म पनि रहिरहन सक्छ जसले शरीरमा खैरो दागहरू ल्याउन सक्छ र कहिलेकाहीं छाला उक्काउन पनि सक्छ। असाध्यै गम्भीर अवस्थाहरूमा, फोक्सो, पेष र मस्तिष्कमा पनि यसको असर हुन सक्छ र यसले गम्भीर परिणामहरू देखि मृत्यु सम्म निम्त्याउन सक्छ। गर्भवती हुँदा दादुरा भएमा प्रतिकूल गर्भधारण परिणामहरू आउन सक्छन्, जसमा गर्भ खेर जाने, अपरिपक्व जन्म हुने र जन्मँदा न्यून शारीरिक तौल पर्दछन्, तर यसबाट कुनै किसिमको जन्मजात दोषहरू आउने सम्भावना बढ्ने भन्ने कुरालाई समर्थन गर्ने कुनै प्रमाण फेला परेको छैन। त्यस बाहेक आमालाई प्रसव (डेलिभरी)को समयमा दादुरा लागेर भर्खरै जन्मेका शिशुहरूहरूलाई पनि सङ्क्रमण भएमा उनीहरू भविष्यमा सबएक्युट स्क्लेरोसिङ पेनेन्सेफलाइटिस (subacute sclerosing panencephalitis – केन्द्रिय स्नायु प्रणाली एउटा एकदमै दुर्लभ तर घातक रोग) हुने जोखिम बढ्दछ।
Mode of transmission सर्ने माध्यम
सङ्क्रमण भएका व्यक्तिहरूको र खकारहरू थोपाहरू बनेर हावाको माध्यमले वा सिधा सम्पर्कले फैलिएमा, वा कहिलेकाहीं सिँगान र खकारहरू रहेका वस्तुहरूबाट पनि यो सर्न सक्दछ। दादुरा सबैभन्दा बढी फैलिने सर्ने सङ्क्रामक रोगहरू मध्ये एक पर्दछ। डाबर देखा पर्नु 4 दिन अघि देखि 4 दिन पछि सम्म एक रोगीले यो रोगलाई अरू व्यक्तिहरूमा सार्न सक्दछ।
उष्मायन (इन्क्युबेसन) अवधि
यो प्राय: 7-18 दिनको बीच हुन सक्दछ, तर 21 दिन सम्म पनि जान सक्छ।
व्यवस्थापन
सङ्क्रमित व्यक्तिहरू रोग-प्रतिरोधक क्षमता कम भएका व्यक्तिहरू, गर्भवती महिलाहरू र शिशुहरूसँगको सम्पर्कबाट टाढा बस्नु पर्दछ। यसको कुनै विशेष उपचार नभए पनि, लक्षणहरू घटाउन औषधिहरूको सिफारिस हुन सक्छ र जीवाणुहरूको जटिलताहरूको उपचार गर्नलाई एन्टिबायोटिकहरूको प्रयोग गर्न सकिन्छ।
रोकथाम 1. उचित व्यक्तिगत सरसफाइ कायम गर्ने
- हातको सरसफाइ नियमित रुपमा गर्ने, विशेष रुपमा हेन्डरेल वा ढोकाको हेन्डल जस्ता सार्वजनिक स्थापनाहरू छुँदा वा खोक्दा वा हाच्छिउँ गर्दा हातमा सिँगान वा खकारबाट सङ्क्रमण हुने स्थिति भएमा मुख, नाक वा आँखाहरू हातले छुनु अघि अवश्य सफा गर्ने। लिक्विड सोप (ह्यान्डवस) र पानीले कम्तिमा 20 सेकेन्डसम्म धुने, र त्यसपछि डिस्पोजेबल पेपर टावेल (हात पुछ्ने कागज) वा ह्यान्ड ड्रायर (हात सुकाउने मेसिन)ले हात सुकाउने। हात देखिने गरी फोहोर नभएमा 70 – 80% एल्कोहोल-आधारित ह्यान्डरबलाई एक उचित विकल्पको रुपमा सफा गर्न प्रयोग गर्नुहोस्।
- तपाईंको मुख र नाक हाच्छिउँ गर्दा वा खोक्दा टिस्यु पेपरले छोप्नुहोस्। छोप्ने मिल्ने बिन (बाल्टी) भित्र फोहोर टिस्युहरूलाई फ्याँक्नुहोस्, र त्यसपछि राम्ररी हातहरू धुनुहोस्।
- ज्वरो, डाबर वा श्वास सम्बन्धित लक्षणहरू हुँदा एक सर्जिकल मास्क लगाउनुहोस्, काम वा स्कुलमा नजानुहोस्, भीडभाड भएको ठाउँहरूबाट टाढा रहनुहोस् र तुरुन्तै मेडिकल सल्लाह लिनुहोस्।
- दादुरा लागेका व्यक्तिहरू घर भित्रै बस्नु पर्दछ; रोग प्रतिरोधक क्षमता न्यून वा कमजोर भएका व्यक्तिहरूलाई सङ्क्रमण सर्नबाट जोगाउन स्कुल/किन्डरगार्टेनहरू/किन्डरगार्टेनको साथै शिशु हेरचाह केन्द्रहरू/शिशु हेरचाह केन्द्रहरू/कार्यस्थलहरू डाबर देखा परेको 4 दिनसम्म नजानुहोस्।
2. राम्रो वातावरणीय सरसफाइ कायम राख्नुहोस्
- धेरै छुने सतहहरू जस्तै फर्निचर, खैलौनाहरू र साधारण रुपमा बाँडेर प्रयोग हुने वस्तुहरूलाई 1:99को अनुपातमा पानीले मन्द (डाइल्युट) बनाएर घरेलु ब्लिच (5.25% ब्लिचको 1 भागलाई 99 भाग पानीसँग मिसाएर)ले नियमित रुपमा सफा गर्नुहोस्, किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस्। धातु-युक्त सतहहरूलाई, 70% एल्कोहोल मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस्।
- सोस्ने र फ्याँक्न मिल्ने रुमाल (absorbent disposable towels)को प्रयोगले स्पष्ट सङ्क्रमण पुर्याउने कुराहरूलाई पुछ्नुहोस्, जस्तै सिंगान र खकारहरू, र त्यसपछि सतहलाई तथा छेउको क्षेत्रहरूलाई 1:49को अनुपातमा पानीले मन्द (डाइल्युट) बनाएर घरेलु ब्लिच (5.25% ब्लिचको 1 भागलाई 99 भाग पानीसँग मिसाएर)ले सफा गर्नुहोस् किटाणुरहित बनाउनुहोस्, 15-30 मिनेट छोड्नुहोस्, र पछि पानीले पखालेर सुक्खा पार्नुहोस्। धातु-युक्त सतहहरूलाई, 70% एल्कोहोस मिश्रण भएको पदार्थले किटाणुरहित बनाउनुहोस्।
- राम्रो अान्तरिक भेन्टिलेसन कायम राख्नुहोस्। भीडभाड युक्त वा राम्रो भेन्टिलेसन नभएका सार्वजनिक ठाउँहरूबाट टाढा बस्नुहोस्; उच्च-जोखिम भएका व्यक्तिहरूले यस्ता ठाउँहरूमा जाँदा सर्जिकल मास्कहरू लगाउने सोच्नु उचित रहन्छ।
3. प्रतिरक्षण
- दादुराको विरुद्ध खोप लगाउनु सबैभन्दा प्रभावकारी रोकथामको उपाय हुन्छ। हङकङको बाल्य प्रतिरक्षण कार्यक्रम (Hong Kong Childhood Immunisation Programme) अन्तर्गत, बच्चाहरूले दादुराको दुई-पटकको कोर्समा दादुराको खोप प्राप्त गर्दछन् (कृपया हङकङ बाल्य प्रतिरक्षा कार्यक्रम हेर्नुहोस्)।
- फरक ठाउँहरूमा आफ्नो एपिडिमियोलजिकल प्रोफाइलहरू अनुरुप फरक खोप कार्यक्रमहरूको विकास हुन्छ। अभिभावकहरूले आफ्नो बच्चाहरूलाई आफ्नो निवासको ठाउँको अनुरूपको खोप प्राप्त हुने व्यवस्था गर्नु पर्दछ। जस्तै, नियमित अन्तरालमा मुख्य भूमि चीनमा जाने र बस्ने एक वर्ष नपुगेका बच्चाहरूले मुख्य भूमि चीनकै कार्यक्रम अनुरुप दादुराको पहिलो खोप 8 महिना पुग्दा लिनु पर्दछ, र त्यस पछि अर्को खोप 18 महिना पुग्दा लिनु पर्दछ।
- दादुरा विरुद्ध प्रतिरोधक क्षमता* नभएका सबै विदेशी घरेलु सहयोगीहरूले दादुरा, हाँडे र रुबेला (MMR) खोप सकेसम्म हङकङ आउनु अघि नै लिनु राम्रो हुन्छ। यदि त्यस्तो संभव नभएमा, उनीहरूले हङकङ आए पछि डाक्टरलाई सम्पर्क गर्न सक्छन्। रोजगारदाता एजेन्सीहरूले रोजगारी-पूर्वको मेडिकल चेक-अप प्याकेजमा दादुरा विरुद्धको प्रतिरोधक क्षमता र MMR खोपको स्थिति जाँच्ने कुरालाई एक अतिरिक्त कार्यको रुपमा राख्न सक्दछन्।
- गर्भवती महिलाहरू र गर्भधारण गर्न तयार भएका महिलाहरूले आफू दादुरा विरुद्ध प्रतिरोधक भएको पक्का हुन नसकेमा आफ्नो डाक्टरसँग सल्लाह लिन सक्ने छन्। गर्भवती भएको समयमा दादुराको जीवाणु भएको खोप दिन नमिल्ने हुँदा, उनीहरूमा दादुरा विरुद्धको प्रतिरोधक क्षमता नभएमा दादुराको प्रकोप भएको र घटना धेरै भएको ठाउँहरू तर्फ यात्रा नगर्न सल्लाह दिइन्छ।
- निम्न प्रकृतिका व्यक्तिहरू MMR खोप प्राप्त गर्नु हुँदैन:
- विगतमा MMR खोप प्राप्त गर्दा गम्भीर एलर्जी प्रतिक्रिया भएको
- जेलाटिन वा विशेष एन्टिबायोटिकहरू विरुद्ध गम्भीर एलर्जी भएको इतिहास भएको
- निम्न अवस्थाहरू भएका व्यक्तिहरू:
- क्यान्सर
- दीर्घकालीन कोर्टिकोस्टेरोइड प्राप्त गरिरहेका व्यक्तिहरू
- रोगक्षम-अपर्याप्तता (immunodeficiency)
- गर्भवती#
*साधारणतया: व्यक्तिहरूलाई दादुराको विरुद्ध गैर-प्रतिरोधक मानिन्छ, यदि, (i) उनीहरूलाई प्रयोगशालाको परीक्षाबाट पहिले कहिल्यै पनि दादुराको सङ्क्रमण नभएको निश्चित भएको छ भने, र (ii) उनीहरूले पूर्ण रुपमा दादुरा विरुद्ध खोप प्राप्त गरेका छैनन् भने वा उनीहरूको खोप स्थिति स्पष्ट रहेको छैन भने।
#साधारणतया:, महिलाहरूले MMR खोप प्राप्त गरेको तीन महिना सम्म गर्भवती हुनबाट जागिनु पर्दछ र उचित गर्भनिरोध उपाय अपनाउनु पर्दछ।
2019मा संशोधन भएको
|
|
|